नेकपा एकीकृत समाजवादीले पाँचदलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ ।
एकीकृत समाजवादीको मंगलबार बसेको सचिवालयको ३२औँ बैठकले वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको हो ।
बैठकले अन्य चार निर्णय गरेको छ । जसमा संगठन सुदृढीकरण अभियान अघि बढाउने, समाजवादबारे अवधारणासम्बन्धी दस्तावेज तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे एक प्रस्ताव तयार गर्ने निर्णय गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।