​एलसीसीआईले विकास गरेको हस्पिटालिटी म्यानेजमेन्ट कोर्सले विश्वव्यापी पहिचान बनाउँदै

एलसीसीआई ग्लोबल क्वालिफिकेन्ससले हस्पिटालिटी म्यानेजमेन्ट विषयमा अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रमको विकास गरेको छ । स्कटल्याण्ड र स्विट्जरल्यान्डको हस्पिटालिटी म्यानेजमेन्ट विषयका विज्ञ र नेपाली पर्यटन क्षेत्रका विज्ञहरू मिलेर उक्त कोर्सको विकास गरेका हुन् ।

नेपालको पर्यटन क्षेत्रमा अनुभव प्राप्त विज्ञहरूको परामर्श र सहयोगमा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सेवा प्रदायक संस्थालाई सुहाउने जनशक्तिमा हुनुपर्ने दक्षताको पहिचान गरी कोर्सको विकास गरिएको एलसीसीआईले जनाएको छ ।

एलसीसीआईले देशभरका १८ वटा होटल म्यानेजमेन विषयमा तालिम दिने संस्थामार्फत हस्पिटल म्यानेजमेन्ट कोर्स सञ्चालन पनि गरिरहेको छ । हस्पिटल म्यानेजमेन्ट तालिममार्फत वार्षिक ६०० दक्ष जनशक्ति उत्पादन भइरहेको एलसीसीआईको भनाइ छ । 

कोर्सअन्तर्गत तालिम प्राप्त जनशक्तिको व्यावहारिक ज्ञान एकदमै उच्चस्तरको भएकोले देशभित्र वा बाहिर राम्राराम्रा होटलमा उनीहरूले राजगारीको अवसर प्राप्त गरिरहेको एलसीसीआईले जनाएको छ ।

यो कोर्स व्यावसायिक शिक्षाको क्षेत्रमा कार्यरत स्कटल्यान्ड सरकार मातहतहतको स्कट्टिस क्लालिफिकेस अर्थोरिटीबाट गुणस्तरको सुनिश्चितता भएको एलसीसीआइले जनाएको छ ।  



एलसीसीआईका अनुसार 'डेभ्लप्ड इन नेपाल रिकोग्नाइज ग्लोबल' नाराका साथ सञ्चालनमा आएको यो कार्यक्रममा विदेशका थुप्रै होटल म्यानेजमेन्ट तालिम सञ्चालन गर्ने संस्थाले रुची देखाएका छन् । यसै शिलशिलामा सन् २०१९ देखि बंगलादेशको International Culinary Institute भन्ने संस्थाले एलसीसीआईको कोर्सअन्तर्गत तालिम सञ्चालन गरिरहेको छ । हालसम्म उक्त संस्थाबाट २ ब्याच विद्यार्थी पास आउट भइसकेका छन् । 




 
एलसीसीआईले रुवान्डाको होटल स्टार एकेडेमीसँग पनि हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रम सञ्चालन गर्ने सहमति गरेको छ । हालै एलसीसीआईले उक्त संस्थागत हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको हो ।

एलसीसीआईबाट प्रवर्धित हस्पिटल म्यानेजमेन्ट कोर्सको व्यावसायिक शिक्षा/तालिम लिएका विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसरसमेत प्राप्त गर्ने छन् । अन्तर्राष्ट्रिय प्रचलन अनुसार एड्भान्स डिप्लोमा पास गर्ने विद्यार्थीलाई ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट कोर्स अध्ययनका लागि युके, युएसए, अस्ट्रेलिया र भारतलगायतका विश्वविद्यालयले विषेश सहुलियतसहित अध्ययनका लागि अवसर प्रदान गर्ने एलसीसीआईले जनाएको छ ।

देशको पर्यटन क्षेत्रको विकासमा सहयोग गर्दै आएको एलसीसीआईले वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई हस्पिटालिटी म्यानेजमेन्टमा सीप विकास  गराउनुको साथै क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा ती कोर्सको अन्तर्राष्ट्रियस्तरसमेत निर्धारण गर्ने कार्य गरी प्रमाणीकरण गर्ने काम गरिरहेको जनाएको छ ।

  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १९:३२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया