प्रचण्डले भेट्न पाएनन्, स्वर्णिम वाग्लेले भेटे मोदीलाई

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसँग भेट नपाएको विषयले नेपाली राजनीतिक वृत्त तातिरहेका वेला राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन्। 

हाल विश्व बैंकका वरिष्ठ अर्थशास्त्रीका रुपमा कार्यरत वाग्ले सत्तारुढ नेपाली कांग्रेसनिकट अर्थशास्त्री हुन्। उनी सुशील कोइराला प्रधानमन्त्री भएका बेला योजना आयोगको सदस्य र पछि उपाध्यक्ष भएका थिए । 

वाग्लेले मंगलबार फेसबुकमा मोदीसँगको भेटको तस्बिर सार्वजनिक गरेका हुन् । १० दिनअघि मोदीले​ केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीलाई भेट्ने क्रममा वाग्लेलाई नयाँ दिल्लीमा भेटेका हुन्। 

वाग्लेले मंगलबार फेसबुकमा लेखेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै आएर भन्नुभएको थियो, Highways, Infoways र Transways (HIT) अर्थात् पूर्वाधार, डिजिटल अर्थतन्त्र र ऊर्जा प्रसारणबाट द्रूत विकास गर्ने पहलमा भारतको साथ हुनेछ। १० दिनअघि दिल्लीमा केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरूलाई भेट्ने क्रममा मैले यो प्रसङ्ग उठाउँदा मोदीजी मुस्कुराउनुभयो ।’





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार २०:२३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया