वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएको छ ।
नेकपा एकता राष्ट्रिय अभियानले गुलाबको फूल चुनाव चिह्न प्रस्ताव गर्दै मंगलबार निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको हो ।
निवेदनमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको हस्ताक्षर गरिएको छ । केन्द्रीय कमिटी ७५ सदस्यीय रहे सबैजना उपस्थित हुन सम्भव नभएपछि केहीके मात्र हस्ताक्षर गरिएको पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।