‘विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सुझाव संकलन हुँदैछ’

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताएका छन् । 

गैर–आवासीय नेपाली संघका प्रतिनिधिमण्डलसहित गैर–आवासीय नेपाली संघका प्राविधिक समूहसँगको भेटमा थपलियाले सर्वोच्च अदालतको परमादेशले विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउने पर्ने अधिकारको सुनिश्चितता गरेको स्मरण गराए ।

आयोगले पनि विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न र अझै व्यवस्थित बनाउन सुझाव संकलन गरिएको उनको भनाइ छ । 

एनआरएनएका अध्यक्ष बद्री केसीले एनआरएनए चुनावका लागि बनाएको एप्स निर्वाचन आयोगले पनि प्रयोग गर्न सक्ने बताए । 
 





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार ७:२७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया