झापा गाउँपालिकामा आगलागी हुँदा ६ घर जले
फाइल तस्बिर

झापामा आगलागी हुँदा ६ घर जलेका छन् । जिल्लाको झापा गाउँपालिका–५ सिमलडाँगीमा मुस्लिम बस्तीमा बुधबार बिहान करिब ३ बजे आगलागी भएको हो ।

आगलागीबाट अब्दुल करिम अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी अब्दुल करिम अलीको घरमा बिजुलीको तार सर्ट भएर सुरु भएको प्रहरीको भनाइ छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिएका थिए । 

आगलागीबाट लाखौंको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार ८:५६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया