रवीन्द्र मिश्रलाई दोस्रोपटक कोरोना संक्रमण

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई दोस्रोपटक कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई दोस्रोपटक कोरोना पुष्टि भएको जनाएका हुन् । मिश्र ६ महिनाअघि पनि कोरोना संक्रमित भएका थिए ।

‘लक्षणहरू पहिलो पटकजस्तो कडा छैन । थोरै ज्वरो, कम्मर दुखाई र घाँटीमा समस्या छ । घरमै आराम गर्दैछु । हिजो त मैले कसैलाई भेटिन । त्यसअघिका २ दिनमा मसँग भेट्नु भएका साथीहरूलाई विचार पुर्याउन आग्रह गर्दछु, कोभिड फेरि बढ्दैछ,’ मिश्रले भनेका छन् ।  

उनले आफूसँग केही दिनयतानिकट सम्पर्कमा रहेका व्यक्तिहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार ९:३५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया