पोलिस स्ट्राइकर लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध

स्पेनिस क्लब बार्सिलोनाले पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले औपचारिकरूपमा जर्मन क्लब बायर्न म्युनिखबाट लेवान्डोस्कीलाई ५०मिलियन युरोमा अनुबन्ध गरेको जानकारी गराएको हो । 

उनी र क्लबबीच चार वर्षको सम्झौता भएको छ । ‘अन्ततः म यहाँ छु, बार्सिलोनामा आफूलाई पाउँदा खुसी छु, सम्झौतापछि लेवान्डोस्कीले भने ।

३३ वर्षिय स्ट्राइकरले सम्झौता एक वर्ष बाँकी रहदै जर्मन क्लब छाडेका हुन् । उनी सन् २०१४ मा अर्को बुन्डेस लिगा क्लब बोरूसिया डर्टमण्डबाट एलियन्ज एरिना भित्रिएका थिए ।

लेवान्डोस्कीले बायर्नका लागि बायर्नका लागि ३७४ खेलमा ३४४ तथा पोल्याण्डका लागि १३२ खेलमा ७६ गोल गरेका छन् ।





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार ९:५१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया