बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनाधिकृत व्यक्तिलाई समावेश गरेको र सिसिटिभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समिति समितिको आज बैठक बस्दैछ ।
बुधबार सिंहदरबारमा बस्ने समितिको बैठकमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाइएको छ । समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य कर्मचारीसँग सोधपुछ गरिसकेको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भइ कुनै निश्चित समूहलाई फाइदा पुग्नेगरी करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति बनेको थियो ।
समिति बनेसँगै शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।