नेपाल टी–२० लिग सफल पार्न नेकोस राष्ट्रिय क्रिकेट संघको आह्वान

नेपाल खेलकुद महासंघअन्तर्गतको नेकोस राष्ट्रिय क्रिकेट संघले नेपाल टी–२० लिग सफल पार्न आह्वान गरेको छ । संघले बुधबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिताको सफल आयोजनाका लागि आह्वान गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको प्रतियोगिता अनिवार्य आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । क्यानले नेपाली क्रिकेट विकासका लागि महत्वपूर्ण कदम चालेकोमा संघले बधाई तथा धन्यवाद पनि दिएको छ ।

प्रतियोगिता ८ असोज देखि ५ कात्तिकसम्म हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्यानले पहिलो संस्करण खेल्ने ६ मध्ये चार टोलीको नाम र मालिक सार्वजनिक गरिरहेको छ भने बाँकी दुई टोलीको नाम र मालिक चाँडै सार्वजनिक गरिने जनाएको छ ।

सार्वजनिक टोलीमा कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर क्यापिटल, नेपाली अल स्टार्स अमेरिकाको लुम्बिनी अल स्टार्स, डायमन्ड डिजीक्याप प्रालि भारतको विराटनगर सुपरकिंग्स र गोल्डस्पोर्टस् प्रालि भारतको जनकपुर रोयल्स रहेका छन् ।

क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिइसकेका छन् । 

त्यस्तै, संघले आइसिसीबाट आर्थिक प्रतिबन्ध फुकुवा भएको क्यानलाई बधाईसमेत दिएको छ ।   





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १३:२६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया