शिव परियारको ‘लेख्छ कसले मर्ने मिति’मा प्रिन्स र विनाको रोमान्स
फरकधार / ४ साउन, २०७९

गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कसले मर्ने मिति’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । 

गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । पछिल्लो समय नेपाली समाजमा देखिएको  सामाजिक  विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ ।

प्रिन्स र विनासहित बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय भिडियोमा देख्न सकिन्छ छ । विशाल निरौलाको एरेन्ज रहेको  गीतको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् भने भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो । विक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माता समेत मोडल  प्रिन्स लियो हुन् । 



प्रिन्सको शब्दमा प्रमोद खरेलको स्वरमा रहेको मलाई मारिदिनुको भिडियो बजारमा आएको थियो ।  प्रिन्स स्वयंकै अभिनय रहेको गीतमा नायिका शिल्पा पोखरेलको पनि अभिनय थियो ।



भिडियो

  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १५:२७:३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया