क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले दिए राजीनामा
फाइल तस्वीर

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । 

उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफूले पद छाड्ने निर्णय गरेकाे जानकारी गराएका हुन् । उनले व्यक्तिगत कारणले राजीनामा दिएकाे बताएका छन् ।

पुबुदुले नेपाल क्रिकेट संघ (क्यान)सँग नेपाल टाेलीमा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए ।

`मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नु पर्छ त्यसैले  राजीनामा दिँदा दुखित छु,' पुबुदुले भने, 'मलाई क्यानले कुनै कारणले ल्याएको थियो । नेपाली क्रिकेट पहिलेको भन्दा धेरै बदलिएको छ । जुन परिवर्तन आवश्यक थियो मैले गरेँ, आशा छ अब युवा टोलीले आगामी दिनमा राम्रो गर्नेछ ।'

नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुले राजीनामा दिएको पुष्टि गरेको छ । क्यानको क्रिकेट म्यानेजर बिनोद दासले पुबुदुले स्कटल्याण्ड भ्रमण अगाडि नै राजीनामा बुझाएकाे पत्रकार सम्मेलनमा जानकारी गराए ।

उनले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षण सम्हालेका थिए । त्यतिबेला नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकप खेलेकाे थियाे ।





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १५:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया