एसइईको नतिजा आउन अझै एक साता लाग्ने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आगामी साता आउने भएको छ । यसअघि असार अन्तिम साता वा साउन पहिलो साता आइसक्ने गरेकोमा यो वर्ष साउनको दोस्रो सातामा मात्रै एसइईको नतिजा आउने भएको हो । 

राष्ट्रिय परीक्षा बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । पुनः साउनको पहिलो साता नतिजा आउने बताएको बोर्डले पुनः साउनको दोस्रो साता आउने बताएको छ । 

बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले कुनै गल्ती नदोहोरियोस् भनेर नतिजा प्रकाशनको तयारी गरिरहेको र साउन दोस्रो सातामा मात्रैनतिजा प्रकाशित गर्ने बताए । 

यस वर्षको एसइईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका छन् । एसइई गत वैशाख ९ गतेदेखि सञ्चालन भएको थियो ।





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १८:३१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया