विगत केही सातादेखि युरोपमा उच्च तापक्रम देखिएको छ । तातो हावाका कारण स्पेन र पोर्चुगलमा एक सातामा १ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।
जसको कारण हजारौं मानिस घर छाड्न बाध्य भएका छन् । सुक्खा मौसमका कारण फ्रान्स, स्पेन र पोर्चुगलका वनमा डढेलो लागेको छ ।
स्पेनको कार्लोस थर्ड इन्स्टिच्युटका अनुसार लुको कारण जुलाई १० देखि जुलाई १७ सम्ममा देशभरमा ६ सय ७८ जना मृत्यु भइसकेको छ ।
तातो हावा चलेका कारण मृत्यु हुनेहरुको संख्या गणना गर्न समेत समस्या परेको बताइएको छ । जसले मुत्यु हुनेहरुको पूर्ण विवरण प्राप्त गर्न अझै केही साता लाग्ने बताइएको छ ।
जुलाई ७ देखि जुलाई १८ सम्म देशभित्र १ हजार ६३ जनाको मृत्यु गर्मीको कारण भएको पोर्चुगलका स्वास्थ्यका महानिर्देशकले बताएका छन् । तातो हावाको वहाव उत्तरतर्फ फ्रान्स र बेलायतमा बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।