२४ घण्टामा विश्वभर झण्डै ८ लाखमा कोरोना पुष्टि, १६२७ संक्रमितको मृत्यु

गत २४ घण्टामा विश्वमा कोरोना भाइरसका ७ लाख ९१ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वमा संक्रमित हुनेको संख्या ५७ करोड ४ लाख ८७ हजार ८८९ पुगेको छ । 

वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा अमेरिकामा १ लाख ५ हजार ४७५ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै, सोही समयमा ब्राजिलमा ५६ हजार २५४, भारतमा १६ हजार ४३, फ्रान्समा ८९ हजार ९८२, इटालीमा ८६ हजार ६७ र दक्षिण कोरियामा ७६ हजार ३७८ जना नयाँ संक्रमित थपिएका छन् । 

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वमा १ हजार ६२७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ लाख ९३ हजार ८७५ पुगेको छ ।

विश्वमा संक्रमित भएकामध्ये हालसम्म ५४ करोड १५ लाख २५ हजार ९६२ जना निको भइसकेका छन् ।  
 





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार ७:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया