इटालियन क्लब रोमाले अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई अनुबन्ध गरेको छ । क्लबले बुधबार डिबालालाई तीन वर्षको सम्झौतामा अनुबन्ध गरिएको जनाएको हो ।
रोमाले उनलाई अर्को इटालियन क्लब युभेन्ट्सबाट फ्री ट्रान्सफरमा भित्र्याएको हो । डिबाला २०१५ मा अर्जेन्टिनी क्लब पालेर्मोबाट युभेन्ट्स आएका थिए ।
२५ वर्षिय डिबालाले युभेन्ट्सका लागि २९३ खेलमा ११५ गोल गरेका छन् । एलियन्ज स्टेडियममा रहँदा उनले ५ सिरी ‘ए’ सहित कुल १२ उपाधि जिते ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।