इक्वेडरको जेलमा फेरि हिंसा भड्कियो, १३ जनाको मृत्यु
फरकधार / ५ साउन, २०७९

इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । झडपमा दुईजना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् । 



सान्तो डोमिंगो शहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो ।

अधिकारीहरूले बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको जनाएका छन् । जेल हिंसा सन् २०२१ को फेब्रुअरीदेखि गोली चलेको छ । कारागारमा दुई परस्पर विरोधी गिरोहबीच भएका लडाइँमा ४ सयभन्दा बढी कैदी मारिएका छन् ।



गृहमन्त्री क्यारिलोले बेलाभिस्टा जेलमा भएको यो पछिल्लो डरलाग्दो झडपपछि १३ शव फेला पारिएको बताए । सेलभित्र खोजी गर्ने क्रममा थप शव फेला पर्न सक्ने उनले अनुमान गरेका छन् । 



  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार ८:११:१५,   अन्तिम अपडेट : साउन ५, २०७९ बिहीबार ८:१४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया