पिपुल्स पावर कम्पनीको आइपिओको लागि आवेदन दिने आज अन्तिम दिन

पिपुल्स पावर कम्पनीको आइपिओको लागि आवेदन दिने आज अन्तिम दिन हो । यस आइपिओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले आवेदन दिनसक्ने छन् । 

कम्पनीले असार ८ गतेदेखि इलामका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता छुट्याइएको छ । 

यस्तै, इलामका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपिओ जारी गरिएको छ । इच्छुक खरिदकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

यस आइपिओका लागि लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् । 

यसबहेक सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत पनि उक्त आइपिओमा आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । 





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार ८:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया