डिसी युनाइटेडको पाेस्टमा बायर्नको आधा दर्जन गोल

जर्मन क्बल बायर्न म्युनिखले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा घरेलु टोली डिसी युनाइटेडमाथि ६–२ को शानदार जित दर्ता गरेको छ । अमेरिकाको वासिङ्टनमा आज बिहान भएको खेलमा बायर्नलाई जित दिलाउन सादियो माने, मार्सेल सवित्जर, सर्ज जिनाब्री, म्याथिज डि लिग्ट, जोसुवा जिर्कजी र थोमस मुलरले एक/एक गोल गरे ।

डिसी युनाइटेड स्केज सिमोनसेन र थियोडोर कुडिपिट्रोले एक/एक गोल फर्काए । औडी फिल्डमा खेलको पाँचौँ मिनेटमा मानेको पेनाल्टी गोलबाट बायर्नले अग्रता लिएको थियो । 

१२ औं मिनेटमा सवित्जरले पाहुना टोलीको अग्रता दोब्बर पारे । ४४ औं मिनेटमा जिनाब्रीले गोल गरेपछि बायर्न पहिलो हाफमा ३–० ले अघि बढ्यो । 

४७ औं मिनेटमा डि लिग्टले तथा ५२ औं जिर्कजीले गोल गरेपछि बायर्नले ५–० को फराकिलो अग्रता लियो । ५४ औं मिनेटमा सिमोनसेनले र ८३ औं मिनेटमा कुडिपिट्रोले गोल गर्दै घरेलु टोलीलाई ५–२ को अवस्थामा पुर्याए ।

थप गरिएको समयमा मुलरले गोल गरेपछि बायर्नले ६–२ को शानदार जित दर्ता गर्‍यो । 





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार ८:५०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया