सत्ता गठबन्धनप्रति बाँस्कोटाको कटाक्ष : देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् । 

सरकारले एसपिपीमा नेपाल सहभागी नहुने निर्णय गरेपनि सो जानकारी सम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि उनले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका हुन् । 

‘गाह्रो छ ओ ! गठबन्धनलाई पनि । बाह्रबुँदे व्याख्याले टारेका थिए । अब बाह्र सत्ताईस व्याख्याताको जोहो नगरी धर  नपाउने जस्तो छ,’ बाँस्कोटाले ट्विट गरेका छन्, ‘एसपिपीको नयाँ रूपको व्याख्याका लागि । देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने । तर, लास्टमा उही हो !’ 





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १०:११:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया