‘श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुरमा जम्मा १४ दिने भ्रमण पास’
फरकधार / ५ साउन, २०७९

सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पास प्रदान गरेको जनाएको छ । 

जुलाई १४ मा ‘निजी भ्रमण’मा देश प्रवेश गरेपछि छोटो अवधिको भ्रमण पास प्रदान गरेको  सिंगापुरका अध्यागमन अधिकारीहरूले जनाएका छन् । ७३ वर्षीय राजापाक्षे १३ जुलाईमा श्रीलंकाबाट माल्दिभ्स र त्यसपछि सिंगापुर भागेका थिए । आर्थिक संकट निम्त्याएको आरोप लगाउँदै  सरकारविरुद्ध जनआन्दोलन चर्किएपछि उनले राजीनामा दिएका थिए ।

राजापाक्षको सिंगापुर भ्रमणको बारेमा जारी गरिएको विज्ञप्तिमा उनलाई आगमनमा छोटो अवधिको भ्रमण पास (एसटीवीपी) प्रदान गरिएको जनाइएको छ । 
उनी १४ सिंगापुरमा पुगेपछि राजापाक्षेलाई १४ दिने भिजिट पास प्रदान गरेको दी स्ट्रेस टाइम्स पत्रिकाले जनाएको छ । राजापाक्षेले शरण नमागेको र उनलाई शरण नदिइएको विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।  





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार ११:१३:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया