जनार्दन शर्माले भने - सबै प्रश्नको जवाफ दिएँ, बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न छैन
फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताएका छन् । बिहीबार समितिले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधका सबै प्रश्नको आफूले जवाफ दिएको बताए । 

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताउँदै उनले आफूले समितिले सोधका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले नै गर्ने बताए । 

समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधपुछ गरेको थियो । तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा यसबारे सोधपुछ भएको छ । समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मा उपस्थित भएर छलफलमा भाग लिएका हुन् ।

तत्कालीन अर्थमन्त्री शर्मालाई २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । समितिले बुधबारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठ सम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो ।





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १२:१९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया