इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाइटेड, लिभरपुल र वुल्भ्सको जित

एजेन्सी– इंग्लिस प्रिमियर लिगअन्तर्गत शानिबार राति भएका खेलमा म्यानचेस्टर युनाइटेड, लिभरपुल र वुल्भ्सले जित निकालेका छन् । 

म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि २–१ को जित निकालेको छ । म्यानचेस्टर युनाइटेडका लागि पउल पोब्गा र मार्कोस रास्फोर्डले गोल गरेका हुन् । ब्राइटनका लागि पास्कल ग्रोसले गोल गरेका हुन् । 

दुई टोलीबीचको खेलमा म्यानचेस्टेरले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । २७औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पोग्बाले खेलको सुरुवाती गोल गरेका हुन् । पहिलो हाफ सकिन तीन मिनेटअघि युनाइटेडका रास्फोडले गोल गर्दै टोलीलाई २–० को स्थितिमा पु¥याएका हुन् ।

बाइटनका लागि पास्कलले ७२औँ मिनेटमा गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाएका थिए । तर त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि म्यानचेस्टर युनाइटेडले २–१ को जित निकालेको हो । 

 

लिभरपुलको जित



 



 

शनिबार राति नै भएको अर्को खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४–३ को जित निकालेको छ । लिभरपुलको जितमा मोहम्मद सलाहले दुई गोल गरेका थिए । 

लिभरपुलका लागि थप गोल रोबर्टो फिर्मिन्हो र साडियो मानेले गरेका हुन् । क्रिस्टल प्यालेसका लागि एन्ड्रोस टाउनसेन्ड, जेम्स टोनकिन्स र म्याक्समेयरले गोल गरेका हुन् । 

खेलको सुरुवाती गोल भने क्रिस्टल प्यालेसले गरेको हो । क्रिस्टल प्यालेसका का टाउनसेन्डले ३४औं मिनेटमा अग्रता गोल गरेका हुन् । 

दोस्रो हाफ सुरु भएको एक मिनेटमै लिभरपुलका सलाहले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसैगरी, लिभरपुलका फिर्मिन्होले ५३औं मिनेटमा गोल गर्दै टोलीलाई २–१ को स्थितिमा राखेका थिए । तर, ६५औं मिनेटमा क्रिस्टल प्यालेसका जेम्सले गोल गर्दै टोलीलाई २–२ को बराबरीमा पुर्याएका हुन् ।

लिभरपुललका लागि सलाहले ७५औं मिनेट अर्को गोल गर्दै टोलीलाई ३–२ को स्थितिमा पुर्याएका हुन् । खेलको अतिरिक्त समयमा गोल गर्दै लिभरपुललाई ४–३ को स्थितिमा पु¥याए । क्रिस्टल प्यालेसका मेयरले पनि अतिरिक्त समयमै गोल गर्दै टोलीलाई ४–३ स्थितिमा पुर्याए पनि जितका लागि पर्याप्त हुन सकेन । 


वुल्भ्सको जितमा जोटाको ह्याट्रिक

 


शनिबार राति भएको अर्को खेलमा वुल्भ्सले लेस्टर सिटीमाथि ४–३ को जित दिलाएका छन् । वुल्भ्सका लागि डिएगो जोटाले ह्याट्रिक गरेका छन् । वुल्भ्सका लागि थप गोल बेनेटले गरेका हुन् । 

खेल सुरु भएको चौथो मिनेटमा वुल्भ्सले अग्रता लिएको हो । वुल्भ्सका लागि जोटाले पहिलो गोल गरेका हुन् । १२औं मिनेटमा बेनेटको गोलसँगै वुल्भ्सले अग्रता दोब्बर बनाएको हो । 

दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै लेस्टरका लागि डिमारी ग्रेलले गोल गरे । त्यसको चार मिनेटमापछि वुल्भ्स कर्नर कोडीले आत्मघाती गोल गरेपछि खेल २–२ को स्थिति पुग्यो । तर, ६४औं मिनेटमा जोटाको गोलसँगै वुल्भ्सले पुनः खेलमा अग्रता लियो । खेल सकिन तीन मिनेट बाँकी छँदा लेस्टरका मोर्गानले गोल गर्दै खेललाई ३–३ को स्थितिमा पु¥याएका थिए भने अतिरिक्त समयमा जोटाले ह्याट्रिक पूरा गरेसँगै वुल्भ्सले ४–३ को जित पक्का गरेको हो । 

यससँगै लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले २३ खेलबाट ६० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले २२ खेलबाट ५३ अंक जोडेको छ भने तेस्रो स्थानको टोटनह्यामले समान खेलबाट ४८ अंक जोडेको छ । चौथो स्थानको चेल्सीको २३ खेलबाट ४७ अंक छ भने समान खेल खेलेको आर्सनलले ४४ अंक जोडेको छ । छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको पनि समान खेलबाट ४४ अंक नै छ । 
 

  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार १२:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया