श्रीलंकामा विक्रमासिंघे​ले लिए राष्ट्रपतिको सपथ

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको सपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष सपथ लिए । 

श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको सपथ ग्रहण समरोहमा सरिक भएका थिए । 

यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलिजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्वसार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलिजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ । 





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १३:४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया