महोत्तरीमा एक वर्षमा १२ मदिरा भट्टी बन्द, ८ लाख गाँजाको बिरुवा नष्ट

प्रहरीले महोत्तरीमा मदिरा तथा गाँजा नष्ट गर्न सक्रिय रहेको छ । गाउँगाउँ पुगेर घरेलु मदिरा उत्पादन रोक्नेदेखि लुकिछिपी भइरहेका गाँजा खेती नष्ट गर्न प्रहरीको टोली  सक्रिय भएको हो । 

आर्थिक वर्ष ०७८/०७९ मा प्रहरीले १२ वटा भट्टी पसल बन्द भएको छ भने ८ लाखभन्दा बढी गाँजाका बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । १२ भट्टीबाट चार सय ४४ लिटर तयारी मदिरा, ८१ सय लिटर कच्चा पदार्थ १२ वटा मेसिनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

यस्तै, आठ बिगाहा क्षेत्रफलमा लगाएको आठ लाख गाँजाका बोट समेत नष्ट गरेको छ । यो वर्ष मदिरा पसल तथा गाँजाको अड्डा भएको ठाउँमा निगरानी बढाएपछि केही हदसम्म नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

जिल्लाका भित्री बस्तीमा अहिले पनि घरेलु मदिराका कारण हो-हल्ला र झगडा दिनहुँ भइरहेको हुन्छ । सरकारले घरेलु मदिरालाई बजारमा ब्राण्ड बनाउने तयारी गरे पनि व्यवस्थित गर्न नसक्दा विकृति बढ्दै गएको छ । विशेषगरी मजदुर तथा विपन्न वर्गमा झन समस्या छ । 

सरकारले निश्चित क्षेत्र छुट्याएर उत्पादनका लागि मापदण्ड बनाए विकृति कम हुने र आयआर्जन पनि हुने बताउँछन् स्थानीय रामकिशोर साह । सरकारले गाँजा खेती तथा मदिरा उत्पादनलाई निश्चित मापदण्ड बनाइ सञ्चालन तथा उत्पादन गर्न पाउनु पर्ने व्यवसायीहरूको पनि माग छ ।





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १३:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया