चियाको अक्सन सेन्टर खोल्न रुलिङ होस् : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताएका हुन् । 

उनले देशमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे । सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । 

उनले राज्यले ध्यान नदिँदा चिया उत्पादकले थुप्रै समस्या भोग्नुरेको बताए । उनले तत्काल चियाका अक्सन सेन्टर खोल्नुपर्ने बताए । 

सांसद खनालले सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिने उल्लेख गर्दै चिया उत्पादकलाई उचित मूल्य दिने र संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुने चेतावनी दिए । उनले चियाको बारेमा सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए । 

उनले भने, ‘सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिन्छ । तर हामीले अध्ययन गरेर योजना बनाउने काम गर्न सकेका छैनौँ । राज्यले बजार खोज्न भुमिका खेल्नुपर्छ । नत्र चिया उत्पादकले चिया उखेलेर फाल्दैनन् भन्न सकिँदैन । उनीहरुले चियाको उचित मूल्य पाइरहेका छैनन् । चियाको चिनियाँ बजार पाउने हो भने धेरै फाइदा लिनसक्छ । चियाको अक्सन सेन्टर खोल्नुपर्छ । तत्काल खोल्नुपर्यो । रुलिङ गर्न आग्रह गर्दछु ।’ 

सांसद खनालले सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको बताए । उनले आर्थिक संकटतर्फ देश गइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले इलाममा चियाको संग्रहालय बनाउन पनि माग गरे । सांसद खनालले चियाको न्यूनतम मूल्य तोक्नुपर्ने बताए । 





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १५:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया