एसपीपी अस्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को अवस्थाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा एसपीपीबारेमा मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्‌लाई जानकारी दिन रुलिङ गरेका हुन् । 

सत्तारूढ दल र प्रमुख प्रतिपक्षका सांसदले बारम्बार सरकारले एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई नपठाएको भन्दै संसद्‌मा प्रश्न उठाएका थिए ।

बिहीबारको बैठकमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र प्रतिपक्ष दल नेकपा (एमाले) सांसद भीम रावलले एसपीपीबारे सभामुखको रुलिङ माग गरेका थिए ।

त्यसपछि उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले एसपीपीमा सरकारको निर्णय कार्यान्वयनबारे संसद्‌लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । 

'एसपीपीको विषयमा मेरो ध्यानकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनबारे संसद्‌लाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछ,' सभामुख सापकोटाले भने ।





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १६:३८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया