थप ४३५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २५ सय नाघे

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार सो अवधिमा १ हजार ६६७ नमुनाको पिसिआर विधिबाट र १९०२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

आज ५६ जना संक्रमणमुक्त भएका छन् । आज संक्रमणबाट कसैको पनि ज्यान गएको छैन ।

देशभर सक्रिय संक्रमितको संख्या २५ सय नाघेको छ । मन्त्रालयका अनुसार बिहीबार देशभर २ हजार ५३७ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयको भनाइ छ ।





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १७:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया