झलनाथको आक्रोश : एसपीपी नलिने क्याबिनेटको निर्णय के कारणले रोकियो ?
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि विभिन्न खतरा मडारिरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद खनालले एसपीपी लिन्न भनेर मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि के कारणले पत्राचार गर्न रोकियो भन्दै प्रश्न गरे । उनले देशको क्याबिनेटभन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार छ ? भन्दै प्रश्नसमेत गरे । सांसद खनालले एसपीपीको बारेमा अमेरिकालाई पत्र तत्काल लेखेर जनताको भावनाको कदर गर्न आग्रह गरे । 

उनले भने, ‘हामीले एसपीपी लिन्नौँ भनेर भनिसकेको छौँ । हामीले चाँडोभन्दा चाँडो यो पत्र लेख्छौँ र रोक्छौँ भनेर सरकारले भनेको हो । तर अहिलेसम्म पनि त्यो पत्र के कारणले लेख्न सकिएको छैन ? यो हाम्रो देशको क्याबिनेटभन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार ? कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि अब फेरि पनि अरु कसैले रोक्न सक्छ यो देशमा ? के कारणले रोकिँदै छ ? यसलाई गम्भीरतापूर्वक लिएर चाँडोभन्दा चाँडो समाधान गरियोस् ।’

सांसद खनालले नेपालमा अहिले धेरै समस्याहरु गम्भीर बन्दै गएकोले तत्काल समाधान गर्ने बाटोमा सरकार जानुपर्ने बताए ।





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १७:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया