वर्षा र गर्मीका कारण लमजुङमा बालबालिका बिरामी

जिल्ला अस्पताल लमजुङमा ज्वरो र झाडापखालाका बिरामी बढेका छन् । वर्षा र अत्याधिक गर्मीका कारण जिल्ला अस्पतालमा दैनिक ज्वरो, झाडापखाला र रुघाखोकीको समस्या लिएर आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । 

अस्पतालमा विभिन्न स्वास्थ्य समस्या लिएर आउने विरामी मध्ये पछिल्लो समय बढी मात्रामा झाडापखला र ज्वरोको समस्या भएका बालबालिका उपचारका लागि आएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । 

उनका अनुसार अहिले दैनिक ५० देखि ६० जना बालवालिका उपचारको लागि अस्पताल आउनेको अस्पतालको तथ्यांक छ । उनीहरुमा बढी मात्रामा झाडापखला, ज्वरो, रुघाखोकी, रगतमासीको समस्या देखिएको छ । 

वर्षा हुँदा केही चिसो वर्षा नहुँदा अत्यधिक गर्मीका कारण र खानपानमा ध्यान नदिँदा बालबालिकामा बढी मात्रामा मौसमी स्वास्थ्य समस्या देखापरेको चिकित्सकको भनाइ छ ।

यस्ता स्वास्थ्य समस्या आउन नदिन तथा फैलन नदिन सरसफाइमा ध्यान दिन, ताजा खानेकुरा खान र पानी उमालेर तथा फिल्टर गरेर पिउन चिकित्सकको सुझाब छ ।

लमजुङ जिल्ला अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ । 





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १९:५८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया