बाबुराम माओवादीमा फर्किन मानेनन्, समाजवादी केन्द्र बनाउने विषयमा सकारात्मक

जसपाको कारबाहीमा परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई माओवादीमा फर्किन असहमत देखिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार भएको भेटवार्तामा प्रचण्डले माओवादीमै फर्किन् आग्रह गरेका थिए । 

तर, प्रचण्डको आग्रहलाई भट्टराईले अस्वीकार गरेको बताइएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई नेताबीच भेटवार्ता भएको र समाजवादी केन्द्र बनाएर अघि बढ्ने विषयमा छलफल भएको बताए । 

बाबुरामनिकट एक नेताका अनुसार दुई नेताबीच कम्युनिस्ट पार्टीहरुलाई एकजुट गराएर समाजवादी केन्द्र निर्माण गर्ने विषयमा गहन छलफल भएको थियो । 

यसअघि गत सोमबार तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु दाहाल, माधव नेपाल, झलनाथ खनाल, गौमत र नारायणकाजीले समाजवादी केन्द्रका बारेमा छलफल गरेका थिए।

आगामी संघ तथा प्रदेशको चुनावअघि नै माओवादी, एकीकृत समाजवादी, वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान र बाबुराम पक्षबीच समाजवादी केन्द्र बनाएर अघि बढ्ने विषयमा छलफल अघि बढेको छ । 





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार २०:१०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया