कोरोना बढ्यो : सावधानी अपनाउन र नाकामा निगरानी बढाउन आग्रह

नेपालमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेका छ ।

नेपालमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले १० बुँदे अनुरोध जारी गर्दै सतर्कता अपनाउन भनेका हुन् ।

मन्त्रालयले सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भिडभाड हुने स्थानमा अनिवार्य मास्कको प्रयोग गराउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्न आग्रह गरेको छ । 

मन्त्रालयले विमानस्थल, हवाईलगायत सार्वजनिक यातायात, गोष्ठी सेमिनार, बैठक, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थल, भिडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरन्जनस्थल, स्टेडियम तथा सार्वजनिक स्थलमा मास्क अनिवार्य पनि अपिल गरेको छ ।

कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न, अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकामा निगरानी प्रभावकारी बनाउन पनि मन्त्रालयले आग्रह गरेको छ । 

यस्तै, संक्रमण पुष्टि भई होम आइसोलेसनमा बस्न उपयुक्त नभएका वा संक्रमणपश्चात् स्वास्थ्य जटिलता देखिएका व्यक्ति प्रदेशअनुसार तोकिएका कोभिड संक्रमितको उपचार गर्ने अस्पतालमा गई उपचारको प्रबन्ध पनि मन्त्रालयले सूचना जारी गरेर भनेको छ ।





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार २१:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया