भारतकी नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानमन्त्री देउवाले दिए बधाई
फरकधार / ५ साउन, २०७९

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्। देउवाले बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत मुर्मूलाई बधाई दिएका हुन्।



उनले लेखेका छन्, ‘नेपाल सरकार र जनताका तर्फबाट म श्रीमती द्रौपदी मुर्मूलाई भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई दिन चाहन्छु, नेपाल र भारतबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धले आगामी दिनहरूमा नयाँ उचाइ लिनेछ भन्नेमा म विश्वस्त छु।’





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार २१:५५:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया