नुनेजको चार गोलमा लिभरपुलको फराकिलो जित

डेब्यु खेलाडी डार्विन नुनेजको चार गोलको मद्दतमा प्री–सिजन टुरमा इंग्लिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई ५–० गोल अन्तरले हराएको छ । 

गएराति सम्पन्न खेलमा म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे । 

अग्रता भने सलाहले लिएका थिए । यसपछी बेन्फिकाबाट यसै सिजन लिभरपुल आएका २२ वर्षीय नुनेजले चार गोल गरे । 

अब लिभरपुलले अर्को खेलमा आरबी साल्जबर्गको सामना गर्नेछ । यसपछि लिभरपुल र म्यानचेस्टर सिटीबीच कम्युनिटी सिल्डका लागि वेम्बलीमा ३० जुलाईमा प्रतिस्पर्धा हुनेछ ।





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार ६:४६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया