आइपिएलकै लगानीकर्ताले किने दक्षिण अफ्रिकामा हुने टी–२० लिगका ६ टोली

दक्षिण अफ्रिकामा आयोजना हुने नयाँ टी–२० क्रिकेट लिग खेल्ने ६ टोली र मालिकको टुंगो लागेको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) का ६ लगानीकर्ताले नै यो प्रतियोगितामा पनि टोली खरिद गरेका छन् । 

आइपिएल टोली चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स, राजस्थान रोयल्स, लखनउ सुपर जायन्टस्, सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सका मालिकले टोली किनेका हुन् । टोलीको अक्सनमा चेन्नई सुपर किंग्स लिमिटेडले सबैभन्दा धेरै खर्च गरेर जोहानसबर्गको फ्रेन्चाईजी किनेको छ ।

मुम्बई इण्डियन्सको मालिक रिलायन्स इन्ड्रस्ट्रिले केपटाउन, सनराइजर्स हैदराबादको मालिक सन टिभिले पोर्ट एलिजाबेथको फ्रेन्चाइज टोली किनेका छन् । गत वर्ष लखनउ सुपर जायन्टस् टोली किनेको गोयनका समूहले डुर्बन तथा राजस्थान रोयल्सले पर्ल टोलीमा लगानी गरेका छन् । 

दिल्ली क्यापिटल्सको सहायक लगानीकर्ता जिन्डल साउथ बेस्ट स्पोर्टसले प्रिटोरियस टोली खरिद गरेको छ । यो लिग अर्को वर्षको जनवरीबाट सुरु हुनेछ । 





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार ११:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया