असार मसान्तसम्म पेस गरिसक्नु पर्ने बजेट साउन ६ गतेसम्म आइपुग्दा पनि अझै १८३ वटा स्थानीय तहले पेस गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयभित्र बजेट पेस नगर्ने स्थानीय तहलाई एकसाथ पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश दिएको छ ।
कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ५७० वटाले बजेट पेस गरी अद्यावधिक जानकारी उपलब्ध गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बजेट पेस नगर्ने स्थानीय तहमा प्रदेश १ मा २७, मधेस प्रदेशमा ६१, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा २१ वटा रहेका छन् ।
हालसम्म प्रदेश १ मा ११०, मधेस प्रदेशमा ७५, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ७६, लुम्बिनी प्रदेशमा ८७, कर्णाली प्रदेशमा ६५ र सुदूरपश्चिम प्रदेशमा ६७ वटा स्थानीय तहले बजेट पेस गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।