‘सम्झना बिर्सना’ले पहिलो सातामा कति कमायो ?

प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको छ । निमेष प्रधान निर्देशित फिल्म गत शुक्रबार अर्थात् ३१ असारदेखि देशब्यापी प्रदर्शनमा छ । फिल्मले एक सातामा कुल २ करोड १८ लाख रुपैयाँ ग्रस गरेको जानकारी निर्माण पक्षले दिएको छ । 

रेबिका प्रधान र अद्वितीय प्रधानले निर्माण गरेको फिल्मले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । आकाश श्रेष्ठ, पूजा शर्मा,सुनील थापा, छुल्ठिम गुरुङ र शिसिर राणा मुख्य भूमिकामा रहेको फिल्म राजधानी र उपत्यकाका मल्टिप्लेक्स तथा सिंगल थिएटरमा दोश्रो सातामा समेत उत्साहजनक रुपमा प्रदर्शन भइरहेको जानकारी निर्देशक प्रधानले दिएका छन् । 

निर्देशक प्रधानकै लेखन रहेको फिल्ममा आकाश, पूजा र छुल्ठिमबीचको त्रिकोणात्मक प्रेमका साथै दार्जिलिङ्गको चिया बगानमा कार्यरत मजदुरको जीवनशैली, पीडा, समस्या र हकअधिकारको कुरालाई समेत प्राथमीकताका साथ प्रस्तुत गरिएको छ । फिल्मको कार्यकारी निर्माता सुवास भुर्तेल हुन् । 

दार्जिलिङ, सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्म आरआर फिल्मस्ले वितरण गरेको हो । शिब ढकालको छायांकन,कमल राई र रामजी लामीछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल,निमेष प्रधानलगायतको संगीत रहेको फिल्म १६ सेक्टेम्बरबाट भारतका विभिन्न शहरमा एकसाथ प्रदर्शन हुने तयारीमा रहेको खबर निर्माता आद्वितीयले दिएका छन् । 

प्रदर्शनको दोश्रो दिन अर्थात गत शनिबार फिल्मको शीर्ष गीत–सम्झना बिर्सना..सार्वजनीक गरिएको थियो । अगाडिका दुई गीत–परेलीमा लुकाउछु र हाँस्ने खेल्ने बेलैमा झै दर्शकस्रोताले शीर्ष गीत पनि मन पराइरहेका छन् । 





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार २१:४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया