जोनाथन ट्रोट अफगानिस्तान क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

इंग्ल्याण्डका पूर्व ब्याटर जोनाथन ट्रोट अफगानिस्तान क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अफगानिस्तान क्रिकेट बोर्डले ४१ वर्षीय जोनाथनलाई आयरल्याण्डविरुद्धको सिरिजअघि मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।  

अफगानिस्तानले आगामी अगस्टमा आयरल्याण्डविरुद्ध पाँच खेलको टी–२० सिरिज खेल्नेछ । जोनाथनले इंग्ल्याण्डका लागि २००९ देखि २०१५ सम्म ५२ टेस्ट खेल्दा नौ शतक र १९ अर्धशतकसहित ३८३५ रन बनाउनुका साथै पाँच विकेट हात पारेका थिए । 

यस्तै, उनले ६८ एकदिवसीय अन्तर्राष्ट्रियमा चार शतक र २२ अर्धशतकसहित २८१९ रन बनाउनुका साथै दुई विकेट लिए । जोनाथनले सात टी–२० अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित १३८ रन बनाएका थिए ।  





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १३:८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया