सरोज र शिशिर अभिनित ‘बुवा’ सार्वजनिक

गायक नरेन्द्रवल्लव पन्तको गीत ‘बुवा’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । 

गीत गायक पन्तका पिता नारायणवल्लभ पन्तको सम्झनामा निर्माण गरिएको हो । यसै अवसरमा नारायणवल्लभ पन्त फाउण्डेसन पनि शुभारम्भ गरिएको छ । 

गीतको भिडियोमा अभिनेता रोज खनाल, नायक शिशिर भण्डारी, एलिस खनाल, रोमन दंगाल, गीता थापा लगायतका कलाकारको अभिनय रहेको छ । बाल कलाकारको रुपमा दियान गौतम छन् भने संगीत संयोजन शैलेन्द्रबाबु प्रधानले गरेका छन् । 

त्यस्तै, गीतलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै अभिनेता सारोज खनालले यो गीतमा अभिनय गर्न आफ्नो लागि ठूलो चुनौती भएको बताए । 

त्यस्तै, गायक नरेन्द्रवल्लव पन्तले भिडियोबाट आउने कमाइ फाउण्डेशनमार्फत सामाजिक काममा खर्च गरिने बताए । त्यस्तै, निर्देशक सुव्रत आचार्यले अभिभावक गुमाएपछि धेरै कुराहरु सोच्न बाध्य गराउने बताए । 

पिताको अवसानपछि सल्लाह लिने कुरा कोसँग गर्ने भन्ने कुराको चिन्ता लागेको बताए । त्यस्तै, नायक शिशिर भण्डारीले सम्झनलायक काम गर्न पाएकोमा खुशी लागेको बताए । नायक भण्डारीले परिवारमा आमाबुबाको महत्व देखाइएकोले पनि गीत राम्रो बनेको बताए ।





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १५:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया