पूर्वी युक्रेनका पृथकतावादीले गुगलको पहुँचमा रोक लगाए

दोनबासमा क्रेमलिन समर्थक पृथकतावादीले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलको पहुँच रोकेका छन् । टेक्नोलोजी कम्पनीले ‘रुसीविरुद्धको हिंसा’ प्रवर्द्धन गरेको उनीहरूले आरोप लगाएका छन् । 

विद्रोही नेता डेनिस पुसिलिनले सर्ज इन्जिनले पुटिनको सेनाको ज्यान जोखिममा पारेको आरोप लगाए । छिमेकी लुगान्स्क जनवादी गणतन्त्रले अमेरिकी साइट ब्लक गरेको एक दिनपछि दोनेत्स्क जनवादी गणतन्त्रका प्रमुखले गुगलको पहुँचमा रोक लगाइएको घोषणा गरेका हुन् । 

‘आज पश्चिम र युक्रेनले गणतन्त्रमाथि अभूतपूर्व दबाब दिइरहेका छन् र शारीरिक र मनोवैज्ञानिक सुरक्षामा खतरा खडा गरिरहेका छन्’, पुसिलिनले भने, ‘यो दबाबको उद्देश्य दोनेत्स्क जनवादी गणतन्त्रका बासिन्दाहरूलाई धम्की दिनु र उनीहरूको मनोबल तोड्नु हो । ’

उनले अगाडि थपे, ‘हामी पक्का छौं कि तिनीहरू सफल हुने छैनन् । किनभने रूसी भावनालाई तोड्न असम्भव छ, तर यस्तो अवस्थामा निष्क्रिय रहन पनि असम्भव छ ।’





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १६:४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया