आत्मरक्षाका लागि सलमान खानले मागे हतियार
फाइल तस्वीर

आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन गरेका छन् ।

गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै आत्म–सुरक्षाको लागि हतियार लाइसेन्सका लागि उनले आवेदन गरेका मुम्बई पुलिसले जनाएको छ । 

अभिनेता खानले मुम्बईका प्रहरी प्रमुख विवेक फान्सालकरलाई भेटेर आफू र आफ्ना बुबालाई आएको मार्ने धम्कीपत्रबारे छलफल गरेका हुन् । भेटकै क्रममा उनले आत्मसुरक्षाको लागि हतियार लाइसेन्सको लागि आवेदन दिएका हुन् । 

गत मे २९ मा पन्जाबको मानसा जिल्लामा पञ्जाबी गायक सिद्धु मूस वालाको गोली हानी हत्या भएपछि ५ जुनमा सलमान खान र उनका बुबा सलिम खानलाई मार्ने धम्की आएको थियो । 

सलिम खानको सुरक्षा टोलीले उक्त चिठी मुम्बईको बान्द्रा ब्यान्डस्ट्यान्ड प्रोमेनेड नजिकै भेटेको थियो जहाँबाट उनी नियमित बिहानको दौडमा निस्कने गर्छन् । 

अभिनेताले हिन्दीमा प्राप्त गरेको चिठीमा सलिम खान र उनका छोरा दुवैले मारिएका गायक सिद्धु मूसवालाको जस्तै नियति भोग्ने चेतावनी दिइएको प्रहरीले बताएको छ । 



महाराष्ट्र गृहमन्त्रालयबाट प्राप्त जानकारीअनुसार बिश्नोई गिरोहले अभिनेता खान र उनका बुबालाई धम्की दिनुको कारण आफ्नो शक्ति देखाउनु हो भनेको छ ।

उक्त गिरोहले ठूला व्यवसायी र कलाकारसँग रकम असुल्ने तयारी गरिरहेको बताइएको छ । धम्कीपत्र भेटिएपछि मन्त्रालयले खानको सुरक्षा निगरानी बढाएको छ । मुम्बई प्रहरीको अपराध शखाले धम्कीपत्रको छानबिन गरिरहेको छ । 



छानबिन गर्न गत महिना पुना गएको प्रहरी टोलीले  लरेन्स बिश्नोई गिरोहका सदस्य सिद्धेश हिरामन काम्बले अर्थात् महाकालसँग सोधपुछ गरेको थियो । 

  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १६:२३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया