मकवानपुरमा एक वर्षमा दोब्बरले बढे घरेलु हिंसाका घटना
फाइल तस्वीर

केही वर्षअघिसम्म आफूमाथि हिंसा भएको थाहा नपाउने महिलाहरू पछिल्लो समय आफ्नो अधिकार प्राप्तिका लागि कानुनको ढोका ढकढक्याउन सक्ने भएका छन् । आफूमाथिको अन्यायविरुद्ध आवाज उठाए न्याय पाइन्छ भन्ने थाहा पाउन थालेका हुन् । 

केही समय अघिसम्म डर, धम्की र त्रासका कारण आफूमाथिको अत्याचार गुपचुप सहेर बस्ने पीडित महिलाहरू अन्यायविरुद्ध लड्नका लागि प्रहरीको ढोकासम्म पुग्न सक्ने भएको थुप्रै उदाहरण छन् । गाउँघरमै मिल्ने प्रकारका घटना पालिका तथा वडाका न्यायिक सहजकर्ताले समेत मिलाइदिने गरेका छन् भने जटिल घटना प्रहरी कार्यालयमा दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

खान लाउन नदिएको, मानसिक तनाव, कुटपिट र विवाह दर्ता नगरिदिएको, नागरिकता नबनाइदिने, बच्चाको जन्मदर्ता नै नगरिदिने जस्ता उजुरी लिएर महिला आउने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी कार्यालयका अनुसार महिलाले जघन्य अपराध गरेका मुद्दा भने दर्ता हुँदैन ।

बढ्दो क्रममा घरेलु हिंसा

मकवानपुरमा घरेलु हिंसाका घटना दर्तामा वृद्धि भएको पाइएको छ । पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रले जनाएको छ । 

आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/०७९ मा घरेलु हिंसाको निवेदन बढी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । आर्थिक वर्ष २०७७/०७८ मा २७६ निवेदन परेकोमा १८६ को मिलापत्र गरिएको थियो भने ५० वटा मुद्दा अदालत गएको थियो । 



एक वर्षको बीचमा निवेदन दर्ताको संख्या झण्डै दोब्बर बढेको पाइएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा घरेलु हिंसाको ४३९ वटा निवेदन दर्ता भएकामध्ये २६० को मिलापत्र, ६१ मुद्दा अदालत गएको र ११८ वटा निवेदनको काम बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिना साउनमा ३८ वटा घरेलु हिंसाको निवेदन दर्ता भएका थिए । जसमध्ये ३३ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने २ वटा मुद्दा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै, निवेदन दिने तर प्रहरीको सम्पर्कमै नआउने तथा निवेदनपछि आफैँ मिलेका जस्ता कारणले तीनवटा निवेदन होल्डमै रहेको तथ्यांक छ । 



यस्तै, भदौ महिनामा ४४ वटा घरेलु हिंसाको निवेदन दर्ता भएको थियो । जसमध्ये २५ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ६ वटा मुद्दा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै, १३ वटा निवेदनको काम बाँकी रहेको तथ्यांक छ । 

असोजमा ३३ वटा घरेलु हिंसाको निवेदन दर्ता भएको थियो । जसमध्ये १७ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ३ वटा मुद्दा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै, १३ वटा निवेदनको काम बाँकी रहेको तथ्यांक छ ।

कात्तिकमा ३७ वटा घरेलु हिंसाको निवेदन दर्ता भएको थियो । जसमध्ये २३ घटनाको मिलापत्र भएका थिए भने ७ वटा मुद्दा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै, ७ वटा निवेदनको काम बाँकी रहेको तथ्यांक छ । 

यस्तै, मंसिरमा ३४ वटा घरेलु हिंसाको निवेदन दर्ता भएको थियो । जसमध्ये २४ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ६ वटा मुद्दा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

त्यस्तै, ४ वटा निवेदनको काम बाँकी रहेको तथ्यांक छ । पुसमा ३६ वटा घरेलु हिंसाको निवेदन दर्ता भएकामध्ये २५ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ३ वटा मुद्दा अदालत पठाइएको र ८ वटा निवेदनको काम बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।

त्यस्तै, माघमा २४ वटा घरेलु हिंसाको निवेदन दर्ता भएकामध्ये १४ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ५ वटा मुद्दा अदालत पठाइएको र ५ वटा निवेदनको काम बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । 

फागुनमा ३१ वटा घरेलु हिंसाको निवेदन दर्ता भएको थियो । जसमध्ये १५ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ४ वटा मुद्दा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

त्यस्तै, १२ वटा निवेदनको काम बाँकी रहेको तथ्यांक छ । चैत्रमा ३९ वटा घरेलु हिंसाको निवेदन दर्ता भएकामध्ये २५ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ८ वटा मुद्दा अदालत पठाइएको र ६ वटा निवेदनको काम बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।

यस्तै, वैशाखमा ३६ वटा निवेदन दर्ता भएकामध्ये १४ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ७ वटा मुद्दा अदालत पठाइएको र १५ वटा निवेदनको काम बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । 

जेठमा ४५ वटा घरेलु हिंसासम्बन्धी निवेदन दर्ता भएका थिए । जसमध्ये २६ घटनामा मिलापत्र गरिएको थियो भने ३ वटा मुद्दा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै, १६ वटा निवेदनको काम बाँकी रहेको तथ्यांक छ ।

आर्थिक वर्षको अन्तिम महिना असारमा ४२ वटा घरेलु हिंसासम्बन्धी निवेदन दर्ता भएकामध्ये १९ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ७ वटा मुद्दा अदालत पठाइएको र १६ वटा निवेदनको काम बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।

  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १८:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया