खाद्यान्न आपूर्ति सम्झौता गरेकै दोस्रो दिन युक्रेनी शहरमा रूसले गर्‍यो मिसाइल आक्रमण
फरकधार / ७ साउन, २०७९
फाइल तस्वीर

युक्रेनबाट खाद्यान्न निर्यातका लागि रुससँग भएको सम्झौताको एक दिनपछि युक्रेनको एउटा प्रमुख बन्दरगाह विस्फोटले गुन्जिएको छ ।



युक्रेनको सेनाले शनिबार बिहान ओडेसाको बन्दरगाह सहरमा दुईवटा मिसाइल प्रहार गरेको जनाएको हो ।

स्थानीय सांसद ओलेक्सी होन्चारेन्कोले टेलिग्राममा मिसाइल आक्रमणपछि ओडेसा शहरमा आगो लागेको लेखेका छन् ।



युक्रेन र रुसबीच दुई दिनअघि एउटा सम्झौता भएको थियो । उक्त सम्झौताअन्तर्गत युक्रेनबाट 'ब्ल्याक सी' हुँदै खाद्यान्न निर्यात गर्न सकिनेछ ।



यो निर्णयसँगै युक्रेनमा रहेको लाखौं टन खाद्यान्न युद्धका बीचमा पनि निर्यात गर्न सकिनेछ ।

रुसले समुद्री मार्गमा ​​खाद्यान्न बोकेका कार्गो जहाजमा आक्रमण नगर्ने बताएको छ ।

सम्झौताअनुसार उसले ती बन्दरगाहहरूमा पनि आक्रमण गर्ने छैनन् जहाँबाट खाद्यान्न आपूर्ति भइरहेको छ । संयुक्त राष्ट्रसंघले यसलाई ऐतिहासिक सम्झौताको संज्ञा दिएको छ ।

  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १९:१३:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया