प्रि–सिजन क्लब मैत्रीपूर्णअन्तर्गत आज बिहान सम्पन्न खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित हात पारेको छ । उसले जर्मन क्लब बायर्न म्युनिखमाथि १–० को कठिन जित हात पारेको हो ।
अमेरिकाको लाम्बेउ फिल्डमा खेलको १२ औं मिनेटमा इर्लिङ हालान्डले गरेको एक मात्र गोल सिटीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले ज्याक ग्रेलिसको पासलाई सदुपयोग गरेका थिए ।
प्रि–सिजन अभ्यासका लागि अमेरिका भ्रमण गरेको सिटीको यो लगातार दोस्रो जित हो । यसअघि उसले क्लब अमेरिकालाई २–१ ले हराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।