यस्तो छ आजको सुनचाँदीको मूल्य

आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ११ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५५ रुपैयाँ कायम भएको छ ।  





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार ११:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया