लिभरपुलले अब नयाँ सिजिनका लागि खेलाडी भित्र्याउने छैन : प्रशिक्षक क्लोप

इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले नयाँ सिजनका लागि अब एनफिल्डमा कुनै खेलाडी नभित्र्याउने बताएका छन् । लिभरपुलले २०२२–२३ सिजनका लागि डार्विन नुनेज, फाबियो कार्भाल्हो र केल्भिन रामसेलाई अनुबन्ध गरिसकेको छ । 

केही दिनअघि लिभरपुल मिडफिल्डरद्वय बोरुसिया डर्टमन्डका जुड बेलिङ्घम र स्पोर्टिङ सिपीका म्याथ्युस नुनेसलाई भित्राउन इच्छुक रहेको समाचार बाहिरिएको थियो । तर, क्लोपले भने ती सबै खबर झुटो भएको बताए । 

‘कुनै खेलाडीमा गम्भिर चोट लागेमा वा कोही खेलाडी बिक्री गरेपछि मात्र हामी एनफिल्डमा नयाँ खेलाडीको अनुबन्ध बारे सोच्ने छौं,’ क्लोपले भने, ‘नयाँ सिजनका लागि अब हामी कुनै खेलाडी अनुबन्ध गर्दैनौँ ।’

गत सिजन दोस्रो स्थानमा रहेर प्रिमियर लिगको अन्त्य गरेको लिभरपुलले एफए कप र इंग्लिस लिग कपको उपाधि जित्दा च्याम्पियन्स लिग फाइनलमा रियल मड्रिडसँग पराजित भएको थियो ।  


 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १३:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया