एक करोड लगानीमा करपुरेश्वर पार्कलाई व्यवस्थित बनाइँदै

लमजुङको बेंसीशहर नगरपालिका-८ मा रहेको करपुरेश्वर पार्कलाई व्यवस्थित र सुन्दर बनाइएको छ । पार्कलाई सुन्दर बनाउन र व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि विभिन्न संरचना निर्माण गरिएको छ । 

आर्थिक वर्ष ०७५/७६ मा बेंसीशहर नगरपालिका-८ बाट ८ लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण कार्य सुरु गरेको पार्कमा ४ वर्षको अवधिमा बेंसीशहर नगरपालिकाले ५८ लाख, जिल्ला बन कार्यालयबाट ४५ लाख र अन्य संघ संस्थाको विभिन्न सहयोग गरी १ करोडभन्दा बढी रकम खर्च भएको बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए  । 

पार्कमा पानीको साना साना पोखरी, पानीको फोहरा, विश्राम स्थल, शौचालय,चौतारा, तल बगेको मर्स्याङ्दी नदी र वरपरको दृश्यावलोकनको लागि भ्यु प्लेस बनाइएको छ, जसले गर्दा करपुरेश्वर पार्कको मुहार फेरिएको छ ।

बेंसीशहर बजारको नजिकै रहेको उक्त पार्कलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सके आन्तरिक पर्यटक बढ्ने र आयआर्जनमा समेत टेवा पुग्ने नगरपालिकाले जनाएको छ । अब केही काम बाँकी रहेको र पार्कका लागि आवश्यक संरचना निर्माण गरिसकेपछि त्यसलाई टिकटको व्यवस्थापन गरी सञ्चालन गर्ने योजना रहेको छ ।  

सदरमुकाम बेंसीशहर बजारको छेवैमा रहेको मलामी चौरमा बनेको सो पार्कमा अहिले दर्जनौँ मानिसहरू दैनिक रूपमा धुन्न, पिकनिक खान , रमाउन र फोटो खिच्न र टिकटक बनाउन पुग्ने गरेका छन् । बाक्लिँदै गएको बजारमा खुला ठाउँको अभाव भएको बेला प्राकृतिक सुन्दरताको आनन्द लिई रि-फ्रेस हुने ठाउँ भएकोले स्थानीय खुसी भएका छन् ।      

पार्कमा बालबालिका, युवायुवती तथा ज्येष्ठ नागरिकले समेत सहज रूपमा पार्क अवलोकन गर्न सक्ने वातावरण निर्माण गरिनेछ। पार्कमा यति बेला संरचना निर्माण अन्तिम चरणमा छ भने वृक्षारोपण लगायतका काम भइरहेको छ ।  दसैँ अगाडि निर्माण कार्य सम्पन्न गरी औपचारिक रूपमा उद्घाटन गरेर सञ्चालन गर्ने योजना रहेको छ  ।  





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १४:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया