प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको छ । गत १९ असारमा बजेट पारित भएसँगै स्थगित भएको प्रदेशसभा बैठक आज बसेको हो ।
आजको बैठकमा प्रदेशसभामा छलफलमा रहेको प्रदेश सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई टेबल गरि छलफल अगाडि बढाउने कार्यसूची छ ।
अहिले शून्य समयमा सांसदले सम्बोधन गरिरहेका छन् । प्रदेशसभा भवन बाहिर भने पहिचानवादीले प्रदर्शन गरिरहेका छन् । प्रदेशसभाको चालु अधिवेशनबाट प्रदेशको नामकरण गर्ने चर्चासँग विभिन्न जातीय संगठन र पहिचानवादीले प्रदर्शन गर्दै आएका छन् ।
अहिले प्रदेशसभा भवन नजिकै आदिवासी जनजाति महासंघको अगुवाइमा पहिचानवादीले प्रदर्शन गरिरहेका हुन् । उनीहरूले पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका हुन् । यतिबेला प्रदेशसभा भवन आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।