भक्तपुर दुर्घटना : मृतक तीनमध्ये एक जनाको पहिचान खुल्याे

भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु भएका तीन जनामध्ये एकको पहिचान खुलेको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका- २ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् । 

आइतबार दिउँसो सवा १२ बजे  भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोगां गणेशमा सडक छेउको सल्लाको रुख ढल्दा बा. २ ख. ३५८४ नम्बरको बस र बा. ६१ प. ३९७८ नम्बरकाे स्कुटरलाई किच्दा तीन जनाकाे मृत्यु भएकाे र १५ जना घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । 

उनका अनुसार मृतकमध्ये दुई जनाकाे अझै पहिचान हुन सकेकाे छैन । पहिचान नखुलेका मृतक पुरुष रहेका छन् ।

तीन जनाकै उपचारको क्रममा मृत्यु भएको र बाँकी घाइतेहरूकाे भक्तपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १६:२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया