संविधानमा ३३ प्रतिशत महिला भनिए पनि १७ प्रतिशत महिला अझै अधिकारबाट वञ्चित : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताएकी छिन् । आइतबार काठमाडौंमा मनीषा आर्चायद्वारा लिखित छोरी उपन्यास विमोचन कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । 

१७ प्रतिशत महिला अझै अधिकार पाउनबाट वञ्चित रहेको भन्दै उनले महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताउनु भयो । संविधान र कानुनमा ३३ प्रतिशत महिला अधिकार भनिए पनि अझै १७ प्रतिशत महिला अधिकारबाट वञ्चित रहेको उनको भनाइ छ । 

अधिकार खोज्नु महिलाहरुको राजनीति, कानुनी अधिकार भएको दाबी गर्दै मन्त्री भुसालले संविधान र कानुनले सम्पतिको हकमा महिला–पुरुष दुवैलाई समान अधिकार दिए पनि व्यवहारमा लागू नभएको जिकिर गरिन् । 

मुलुकमा १० वर्षे जनयुद्ध लडेर गणतन्त्र ल्याएर देशमा राजा हटाएको भन्दै जन्मदै मालिक हुने छोरा, घरको मालिक हुने पुरुष र घरघरमा राजा र युवा राजा भन्ने अवस्था नभएको बताइन् ।
मन्त्री भुसालले पछिल्लो समय राज्य सञ्चालन युवाले गर्नुपर्ने कुरा आएको भन्दै राष्ट्रको नेतृत्व विचारले गर्नुपर्ने बताइन् । नयाँ विचार भए युवा पुरुष महिला वा वृद्धा जसले गर्दा पनि फरक नपर्ने बताउँदै मन्त्री भुसालले अहिले महिलाको समस्या महिलाको नभएर समाज र राष्ट्रको भएको दाबी गरिन् । 

अब महिलाले न्याय, समानता र स्वतन्त्रताको कुरा उठाउन नपर्ने गरी व्यावहारिक बनाउनुपर्ने भन्दै उनले व्यवहारमा लागू नभएको स्थानमा नयाँ रचनात्मक आन्दोलन युवाले गर्नुपर्ने आवश्यकता पर्ने जिकिर गरिन् । 
 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १७:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया